रोटरीको काम सह्रानिय : केसी

पुष २९, २०७४

तुलसीपुर, २९ पुस ।
दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले समाजसेवाको क्षेत्रमा रोटरीले गरेको कामको प्रशंसा गरेका छन् । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा रोटरीले गरेको कामले आफु प्रभावित भएको समेत वताए । रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको सम्मान तथा वधाई कार्यक्रममा वोल्दै केसीले सडक सञ्जालको विस्तारलाई आफुले प्राथमिकता दिने वताए ।

उनले भने “ सडकले विकासको सम्भावना वोक्ने भएकाले विकासको पहिलो सर्त सडक हो ” । निर्वाचनमा जे जति विमति भएपनि अव सवैदलका नेताहरु एकजुट भएर विकासमा लाग्नुपर्ने उनको कथन थियो । प्रकृतिले समृद्ध वनाएको ठाउँलाई विकास गर्न नसक्दा अभिशाप भएको विडम्वना समेत उनले वताएका थिए । अतिथि केसीलाई क्लवका पुर्व अध्यक्ष अनुपकुमार श्रेष्ठले स्वागत तथा सम्मान गरेका थिए ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममका युवा पत्रकार वसन्त विवश आचार्यले सम्मानित व्यक्तित्वका वारेमा जानकारी गराएका थिए । क्लवका पुर्व अध्यक्ष विमल रिजालले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष विरवहादुर रावतले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष विजय केसीले रोटरी र रोटरी क्लव अफ तुलसीपुर सिटीले विगतमा गरेका कामका वारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सन्दिपन रिजालले गरेका थिए । कार्यक्रममा इन्ट्रयाक्ट क्लव अफ गोरखा स्कुलका विद्यार्थीहरुको पनि सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस