दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पुष २९, २०७४  |  १२३ पटक पढिएको

घोराही,२९ पुस ।

पाँच नम्बर प्रदेशको दाङमा राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । पाँच नम्बर प्रदेशको राजधानिको रुपमा हेरिएको दाङमा आज एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय सभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरीएको हो ।

घोराहीमा आयोजित कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मि र मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले संयुक्तरुपमा निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस