६ नम्बर वडाद्धारा १२ का वृद्धलाई कम्बल र दाउरा वितरण

पुष २९, २०७४  |  १८२ पटक पढिएको

तुलसीपुर–२९ पुष

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले १२ नम्बर वडामा रहेका जेष्ठ नागकिलाई कम्बल र दाउरा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका १२ रझेना स्थित केशव राज झुपाकमारी वृद्धाश्रमा बस्दै आएका जेष्ठ नागरिकलाई वडा नं ६ का वडाअध्यक्ष नवराज लामीछानेले ६ थान र कम्बल र एक कुवीन्टल दाउरा प्रदान गर्नु भएको हो । लोक कल्यानकारी काम गर्नु मानव सेवा र धर्म भएको भन्दै वडा अध्यक्ष लामीछानेले चिसोबाट बच्नकालागि सहयोग पुग्ने अपेक्षा गर्नु भयो ।
‘आखिर हामी पनि एक दिन वृद्ध हुनै पर्छ’ – अध्यक्ष लामीछानेले भन्नुभयो– समाजमा बसेपछि सहयोगी भावनाको संस्कार बसाउनु पर्छ । जसले गर्दा हामी पनि कुदै दिन दुःख र अप्ठेरोमा परेको बेला पछिल्लो पुस्ताले सहयोग गर्छन ।’ यसैविच तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाले पानी तान्ने मोटर र पाईप सहयोग गर्ने भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमा संस्थाका अध्यक्ष वलीले वृद्धहरुले कुवाबाट पानी झिकेर सौचालय सरसफाई, लत्ताकपडा धुन तथा खाना पकाउन समेत नसक्ने अवस्था भएकाले सजीलोकालागि पानी तान्न मोटर र आवश्यक पर्ने पाईप प्रदान गर्ने बताउनुभयो ।

कुवाबाट तानेर पानीको आवश्यकता पूर्ति गर्दै आएका वृद्धहरुलाई आइतबार नै संस्थाले प्राविधिक पठाएर मोटर जोड्दीने भएको छ । सहयोग प्राप्तपछि उत्साहित भएका जेष्ठ नागरिकहरुले सहयोगी संस्थाका प्रतिनिधीलाई आफना छोराछोरीले समेत गर्न नसकेको काम गरेर गुण लगाएको भन्दै धन्यवाद दिएका थिए । आश्रमका अध्यक्ष खुमानन्द अधिकारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य अन्जनराज गौतमले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस