सामुदायिक पुस्तकालयले सहकारी चलाउने

प्रियास्मृति गजमेर,लमही २९ पुस ।
गढवा स्थित देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको नवनिर्वाचित कार्यसमितिले शुक्रवार पदभार ग्रहणसंगै नयाँ कार्यको थालनी गर्ने भएको छ । स्रोत केन्द्रका अध्यक्ष गिरीराज भट्टको अध्यक्षता तथा निवर्तमान अध्यक्ष हरि पोखे्रल तथा सल्लाहकार सकुन्तला डि.सी. समेतको नयाँ कार्यसमितिको बैठकले पुस्तकालयको दिगो बिकासका लागी पुस्तकालयले सहकारी संस्था सञ्चालन गर्ने निर्णय गरेको छ ।

जसका लागि स्रोत केन्द्रका सचिव शिबराज पन्थी संयोजक रहेको पटवारी यादव र अभ्रणदास यादव सहितको कार्यदललाई जिम्वेवारी प्रदान गरेको अध्यक्ष गिरीराज भट्टले जानकारी दिनुभयो । यसैविच शुक्रवार नै पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले पुर्व कार्यसमितिबाट आयब्यय तथा जिन्सीको बरबुझारथ गर्दै पदभार ग्रहण समेत गरेको छ । पुस्तकालयका सल्लाहकार गणेश कुमार कुमालको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका यादवले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार हरी पोखे्रल, सल्लाहकार सकुन्तला डि.सी. लगाएतले बधाई तथा शुभकामना दिनुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष गिरीराज भट्टले कार्यसमितिको तर्फबाट प्रतिवद्धता मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २९ गते शनिवार
प्रतिक्रिया