बहीरा बालबालिकालाई सहयोग गर्छु: पोख्रेल

पुष २८, २०७४

यमकला भुषाल,तुलसीपुर २८ पुस ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले बहिरा बालबालिकाको लगनशिलताको प्रसंसा गर्नुभएको छ । राप्ती बहिरा सघँ दाङले नव निवार्चित सांसदहरुलाई आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले लगनशिलताको प्रसंसा गर्नुभएको हो ।

उहाले बालबालीकाका समस्यालाई मध्यनजर गर्दै जुन सुकै सहयोग गर्न पनि आफु तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा साकेतिंक भाषा मार्फत बहिरा बालबालिकाले छुट्टै आवासिय बहिरा माध्यमिक बिद्यालयमा पढ्न पाउनु पर्ने माग गरेका थिए ।

राज्यले आफुहरुलाइ निकै पछाडी पारेकाले सहज तरिकाले पढ्न पाउनुपर्ने उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै सँघका अध्यक्ष अजय कुमार शर्माले सांकेतिक भाषा मार्फत सहयोगको लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा प्रदेश नम्बर ५ का प्रस्तावित मुख्यमन्त्री शकंर पोख्रेल, प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसी,प्रदेश सभा सदस्यहरु उत्तर कुमार वलि,अमर डागीँ लगाएतलाई बहिरा बालबालीकाले छात्राबासमा फुलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा संघकि कार्यकारी निर्देशक प्रतिमा शर्माले अहिले सम्म राप्ती वहिरा सँघले गरेको प्रगितको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस