विद्युत चोरी गर्ने २० हजार जरिवाना तिरेर छुटे

पुष २८, २०७४

तुलसीपुर, २८ पुष

विद्युत चोरीको आरोपमा विहिबार राती पक्राउ परेका ६ जना, २० हजार जरिवाना तिरेर छुटेका छन् । पक्राउ परेकालाई प्रतिव्यक्ति न्युनतम दुई हजार देखि ६ हजार सम्म जारिवान गरिएको छ । प्राधिकरणले पक्राउ परेका बबई गाउँपालिका ७ बस्ने प्रकाश विकलाई दुई हजार, दंगिशरण गाउँपालिका २ बस्ने भोलबहादुर विकलाई तीन हजार ६०, सोही ठाउँका कलबहादुर नेपालीलाई तीन हजार ६०, सुर्य बहादुर चौधरीलाई ६ हजार १२ , सुरज विकलाई तीन हजार ६०, पिमलाल नेपालीलाई तीनहजार ६० रुपैयाँ, जरिवाना गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका सुपरभाइजर युवराज विष्टले जानकारी दिनुभयो ।

पश्चिम दाङमा हुक मार्फत विद्युत चोरी गरेर विजुली बत्ती बालेको सूचना आएपछि प्राधिकरणले प्रहरीको सहयोगमा उनिहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई उनिहरुले प्रयोग गरेको विजुली, मोटर हिटरका आधारमा जरिवाना गरिएको प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले बताउनुभयो । यस अघि पनि प्राधिकरणले विद्युत चोरी गरेर विजुली बत्ती बालेको आरोपमा केहि व्यक्तिलाई पक्राउ गरेर झण्डै एक लाख जरिवाना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस