डेढलाख खर्च गरेको एक महिना नपुग्दै विग्रियो एक्सरे

तुलसीपुर, २८ पुष
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा रहेको एक्सरे मेसीन पटक पटक विग्रीने गरेका कारण बिरामीले हैरानी खेप्नु परेको छ । विग्रेको मेसीन मर्मत गरेको एक महिना नपुग्दै पुनः विग्रीएपछि सेवा लिन आउने बिरामीहरु बाहिर जान बाध्य छन् । एक्सरे मेसीन विग्रीएको महिनौ दिनपछि गत मंसिर २१ गते डेढलाख रुपैयाँ खर्च गरेर मर्मत पछि सुचारु भएको थियो ।
मंसीर २१ गते मर्मत पछि सुचारु भएको एक्सरे पुष २२ गते देखि संचालनमा आएको छैन । एक्सरे विग्रीएपछि उपचारका लागि पुगेका बिरामीहरु निजि क्लिनिकमा चर्को शुल्क तिरेर एक्सरे गर्न बाध्य छन् ।
अंचल अस्पतालमा ३ सय ५० देख ४ सय रुपैया शुल्क लाग्ने डिजिटल एक्सरेलाई बाहिर निजि क्लिनिकमा ४ सय देखि साढे पाँच सय रुपैयाँ सम्म शुल्क लिने गरेको स्वंम अस्पतालका स्वास्थ्य कर्मीले बताउने गरेका छन् ।
अस्पतालमा उपचार गराउन आएका बिरामीहरु बाहिरबाट एक्सरे बनाएर आउँदासम्म डाक्टर निस्कीने भएकाले झनै समस्यामा भोग्नु परेको बिरामी दलजीत नेपालीले बताउनुभयो ।
अस्पतालमा दैनिक एक्सरेका लागि २५÷ ३० जना बिरामी आउने गरेको अस्पतालले बताएको छ । यस विषयमा जानकारी लिन खोज्दा अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले एक्सरे विग्रीएको आफुलाई थाहा नभएको बताउनु भयो । केहि दिन देखि आफु घरमै भएको एक्सरे मेसीन विग्रीएको थाहा नभएको बताउनुभयो ।
यता अस्पतलका सुपरीटेन्डेन्ट डा. विनोद सिंहले विद्युत भोल्टेजका कारण एक्सरे विग्रीने गरेको बताउनुभयो । ‘विद्युत भोल्टेज कहिले हाई हुने र कहिले लो हुने भएका कारण मेसीनमा खराबी आउने गरेको उहाँले दाबी गर्नुभयो । ‘तपाईहरुले खाली हामीलाई मात्रै खेद्न जान्नुभएको छ,– डा. सिहंले भन्नुभयो’– ‘विद्युतलाई कहिल्यै केहि भन्न सक्नुभएन जसका कारणले समस्या आउने ग¥याछ ।’ अबको एक हप्ताभित्र धनगढीबाट प्राविधिक बोलाएर मेसीन संचालनमा ल्याउने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार
प्रतिक्रिया