मुक्त कमैया परिचय पत्र बारे ब्यापक छलफल

प्रियास्मृति गजमेर,लमही २७ पुस ।
युरोपियन युनियनको आर्थिक सहयोग एबम जन उत्थान बिकास केन्द्र घोराही द्वारा संचालित सहकार्य परियोजना अन्तर्गत आज राप्ति गाँउपालिका ५ सिसहनियामा गाउपालिका स्तरिय नागरिक समाज संजालको सरोकारवाला संग अन्तरक्रिया कार्यकर्म सम्पन्न भएको छ । मुक्त कमैया , कम्लहरीको खाद्य अधिकार र भू स्वामित्वलाई केन्द्रीत कार्यक्रमको संजालकी अध्यक्ष कमलापती चौधरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सहायक चमेली चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा दुर्योधन पाण्डे , हरिचन्द्र चौधरी , टेक बहादुर रावत , शान्त राज शर्मा पन्थी , माधब आचार्य ,तारा घिमिरे सनिराम चौधरी , दुखराम सार्की लगायतका बक्ताले बोल्नुभएको थियो ।
छलफल मुक्त कमैया परिचय पत्र,आधार पत्र ,मुक्त कम्लहरी परिचय पत्र वितरण , मोहियानी समस्या , छुट कमैया लगत संकलन ,कमैयाले घर निर्माण का लागि प्राप्त रकम , बसोबास आयोग का बिषयमा ब्यापक छलफल भएको थियो । महिला पुरुष गरि २५ जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण जिल्ला परियोजना अधिकृत राजेन्द्र खड्काले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार
प्रतिक्रिया