बृहत शिक्षाशाला कार्यक्रम तुलसीपुरमा सम्पन्न

पुष २७, २०७४  |  ७० पटक पढिएको

तुलसीपुर, २७ पुष
नेकपा एमालेका नेता शंकर पोख्रेलले विद्यार्थीलाई आकर्षण गर्न रमाईलो विधी र अतिरिक्त कृयाकलाप द्धारा अध्यानपन गराउनु पर्ने बताउनुभएको छ ।‘हामीले गरे सम्भव छ, गुणस्तरीय शिक्षा’ भन्ने नारासहित तुलसीपुरमा विहिबार भएको तुलसीपुुर उपमहानगरपालिका स्तरीय बृहत शिक्षाशाला कार्यक्रमा बोल्दै नेता पोख्रेलले यस्तो बताउनुभएको हो ।
सामुदायिक विद्यालयले विद्यार्थीलाई ल्याउन क्षेत्र निर्धारण गर्नु पर्ने बताउदै पोख्रेलले विद्यालयमा लामो समय सम्म वस्ने वातावरण तयार गर्नु पर्ने बताउनुभयो ।
बालबालीकालाई विद्यालयमा ल्याउन शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवारी दिनुपर्नेमा समेत पोख्रेलको जोड थियो ।
‘उपहानगरपालिकाले गुणस्तरीय शिक्षाका लागि म्यापिङ (नक्शाङ्कन) गरेर एरिया तोक्नु प¥यो– पोख्रेलले भन्नुभयो,– ‘त्यस क्षेत्रका बालबालीकालाई विद्यालय सम्म ल्याउन शिक्षक र समितिलाई जिम्मेवारी दिनुप¥यो ।’
शिक्षकहरुको क्षेमता अभिवृद्धि गरेर शिक्षालाई सुधार गर्न सके नीजि विद्यालयका बालबाललिकालाई समेत सामुदायिक विद्यालयमा ल्याउने सकिने उहाँको भनाई छ ।
शिक्षालाई सुधार गर्ने जीम्मेवारी लिएका शिक्षकले जिम्मेवारी बोधका साथ आफनो काममा दत्तचित्त भएरमा लागेमा कुनै समस्या पैदा नहुने भन्दै एउटा शिक्षको अनुपस्थितीमा अर्को शिक्षकले पढाउने पर्ने बताउनुभयो ।
‘विभिन्न राजनीतिक दलमा आस्था र विचार भएपनि हामीलाई शिक्षाको जिम्मेवारी आएको छ भन्ने सम्झेर शिक्षा सुधार गर्न लाग्नुस’– पोख्रेलले भन्नुभयो , – राजनीतिक पार्टीहरुको उद्देश्य पनि शिक्षा सुधार गर्नुनै हो ।’

सो अवसरमा शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले गुणस्तर शिक्षाको ग्यारेन्टी शिक्षकले गर्नु पर्ने बताउनुभएको छ । आफुलाई धपाउने शिशकका रुपमा नभई काम गर्ने शिक्षकका रुपमा विकास गर्नु पर्ने बताउनुभयो । ‘प्रधानाध्यापकले पढाउन जा,जा भनेर धपाई मागेर जानेकि आफै जाने त्यो तपाईको हातमा छ’ – कोइरालाले भन्नुभयो, लठ्ठो लगाएर त वस्तुभाउलाई धपाईन्छ ।’
अर्काले अह्राएको काम भन्दा रहरले गरेको काम राम्रो र प्रभाकारी हुने भन्दै शिक्षाविद डाक्टर कोइरालाले शिक्षकले आफुले पनि पढ्ने र पढाउदा शिक्षामा गुणस्तरीया कायम हुने बताउनुभयो ।

त्यसैगरी अर्का शिक्षाविद धननजय शर्माले बर्षौ देखि अध्यापन गराउदै आएको पुरानो शैलीलाई परिवर्तन गर्नु पर्ने बताउनुभयो समय परिवर्तन संगै नयाँ नयाँ प्रविधिको विकास भइरहेका बेला शिक्षकले पनि त्यहि अनुसार आफुलाई परिमार्जन गरेर नयाँशैली कृयाकलाप अपनाएर पढाउन उपलब्धी मुलक हुने शिक्षाविद धननजय शर्माको तर्क छ । कार्यक्रमको उद्देश्यमाथी प्रकास पादै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले शिक्षकहरु अध्यनशील र जाँगरीलो नहुँदा सम्म गुणस्तरीय शिक्षाको कल्पाना गर्न नसकिने बताउनुभयो ।
शिक्षकहरुको क्षेमताअभिवृद्धिका लागि विभिन्न तालीम गोष्ठिको आयोजना गर्ने बताउदै उहाँले राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कार गरिने बताउनुभयो ।


‘अब अल्क्षी गर्ने दिन गए’ – नगर प्रमुख पाण्डेले भन्नुभयो– विद्यालयमा आएको नआएको, कसरी पढाउदैछन, अनुहार विगारेको छकि छैन विद्यार्थी पढ्न कत्तिको उत्साहित छन् । ती सबै कुरा अब नगरपालिामा बसेर हेर्न सकिने प्रविधिको विकास भएको छ । अब पढ पढ भन्ने दिन गए ।’
शिक्षाशालामा ८४ वटा विद्यालयमा अध्यापन गराउने शिक्षक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्षहरु, कार्यपालीकाका सदस्य सहित सयौंजनाको सहभागिता रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिका, टिचर फर नेपाल र शिक्षक महासंघ तुलसीपुरको आयोजनामा भएको कार्यक्रमको सहजीकरण विष्णु केसीले गर्नुभएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस