सल्यानमा श्रीमतीले गरिन् श्रीमानको हत्या

मिना बुढाथोकी ,सल्यान २७ पुस ।
सल्यान शारदा नगरपालिका –१२ सानो डांग्री निवासी ३४ वर्षीया विष्णु वलीले चिरपट दाउराले हिर्काउदा ३७ वर्षीय श्रीमान दिपेन्द्र वलीको ज्यान गएको छ । बुधवार बेलुका घरायसी झगडा हुदा विष्णुले हानेको चिरपटले श्रीमान दिपेन्द्रकोे टाउकोमा गम्भीर चोट लागेको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका वलीलाई उपचारका लागी हिजोनै कोहलपुर पुर्याएपनि त्यहां उपचार सम्भव नभएपछि काठमाण्डौ लाग्दै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । उनि अहिले अचेत अवस्थामा रहेकाले जिल्ला अस्पतालमा भर्ना गरेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । यस अघि हिजो एक महिलाले आफ्नै सौताको हत्या गरेकि थिईन ।

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार
प्रतिक्रिया