सल्यानमा विद्यार्थिहरुले बनाए हेलिकप्टर

मिना बुढाथोकी ,सल्यान २७ पुस ।
सल्यानको ढोरचौर गाँउपालिका –५ का १५ वर्षीय दिपक रानाले सानो हेलिकप्टर निर्माण गरेका छन। निराजन मावि ढोरचौमा कक्षा ८ मा अध्यनरत रानाले घर नजिकैका कक्षा ७ मा अध्यनरत साथी १३ वर्षीय बसन्त बुढाथोकी र कक्षा ५ मा पढ्ने १२ वर्षीय निरज रोका संग मिलेर सानो हेलिकप्टर निर्माण गरेका हुन ।

उनिहरुले निर्माण गरेको हेलिकप्टर हिजो देखि शुरु भएको छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा प्रदर्शन गरिएको छ । आफुहरुले बनाएको सानो नमुना हेलिकप्टर यसरी महोत्सवमा प्रदर्शन गर्न पाउदा निकै खुशी देखिएका रानाले भने – हामीले १५ दिन लगाएर हेलिकप्टर तैयार पारेका हौं ।

२ जना बस्न मिल्ने सो हेलिकप्टर करिब २० मीटर माथि उड्न सक्ने रानाले बताए । फलाम काठ र जस्तापाता बाट निर्मित हेलिकप्टरमा उडाउनका लागी मोटर,ब्याट्री, अन गर्न लाई स्वीच, हेडफोन लगायतका आवश्यक सामाग्री पनि रहेको बसन्त बुढाथोकीले बताए । उनले खुशी हुदै भने सानो छंदा कागजको हेलिकप्टर बनाएर उडाउथ्यौं अहिले सानो हेलिकप्टर बनाउन सफल भयौं भविश्यमा ठुलै हेलिकप्टर बनाउने योजना छ ।

अहिले सानो हेलिकप्टर निर्माण गर्दा आमा बुवाले साथ दिनु भयो भविश्यमा समयले साथ दिए हामीले ठुलो हेलिकप्टर निमार्ण गर्ने छौं नेपालको आकाशमा उडाउने छौं १२ वर्षीय निरज रोकाले भने । उनिहरुले बनाको केहि स्थानीय श्रोत साधन र बाँकी सामाग्री नेपालगञ्जबाट ल्याएर हेलिकप्टर निर्माण गरेको बताए ।

हिजो देखी शुरु भएको महोत्सवमा उनिहरुले बनाएको हेलिकप्टर मुख्य आकर्षक को रुपमा रहेको छ । महोत्सवमा आउने दर्शकले सानो हेलिकप्टर नजिकैबाट निशुल्क हेर्न पाउदा खुशी व्यकत गर्नुका साथै तिनै जना बालकको प्रशंसा समेत गर्ने गरेका छन।

 

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार
प्रतिक्रिया