आज तुलसीपुरमा शैक्षिक वहस

पुष २७, २०७४

तुलसीपुर, पुस २७ ।
तुलसीपुर उपमहानगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आज शिक्षाशाला हुँदैछ । शिक्षाविद् विद्यानाथ कोइराला र धनन्जय शर्माले गुणस्तरिय शिक्षाका वारेमा उपमहानगरका शिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतकासँग विशेष शैक्षिक वहस गर्ने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

पाण्डेका अनुसार कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णवहादुर महरा, पाँच नम्वर प्रदेशमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित शंकर पोख्रेल र श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले शिक्षाको विकास र गुणस्तरियता अभिवृद्धिका लागि राजनीतिक प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम समेत रहेको छ । तुलसीपुर उपमहानगरभित्रका ८३ सामुदायिक विद्यालयबाट कार्यक्रममा सहभागिता रहनेछ । शिक्षाशाला पश्चात गुणस्तरिय शिक्षाका लागि सरोकारवाला सवैलाई सामुहिक प्रतिवद्धता समेत व्यक्त गराइने जनाइएको छ ।

नेपालमै शैक्षिक गुणस्तरियताको अभिवृद्धिका लागि यस खालको कार्यक्रम पहिलोपटक आयोजना गरिएको पनि तुलसीपुर उपमहानगरका शिक्षा शाखा प्रमुख भाष्कर गौतमले दावी गरे । शिक्षाशाला विहान १० वजेदेखि तुलसीपुरको विएसएस पाटी प्यालेसमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस