रोल्पाको सुवर्णावतिमा बैङ्कीङ कारोबार सुचारु

मनिषा राई, रोल्पा २६ पुस ।
पुर्वी रोल्पाको सुवर्णावति गाउपालिकाको सुलीचौर बजारबाट पनि अव सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने सम्पुर्ण बैङिकङ्ग कारोबार सुचारु हुने भएको छ । पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने बैङिकङ्ग कारोबारको लागि सदरमुकाम लिवाङमा रहेको नेपाल बैङक लिमिटेडमा खाता खोल्नु पर्ने बाध्यात्मक कार्यको अन्त्य गर्ने हेतुले वडाअध्यक्ष गन्ज क्षेत्रीको पहलमा सेवा सुचारु हुन लागेको हो ।

पुर्बी रोल्पाका साबिकका करिब २३ गा.बि.स. का जनताहरुले पाएको दुख कस्ट र सुबिधालाई मध्यनजर गरि अगाडि बढाइएको उक्त पहल स्वरुप अब देखि सुवर्णावती गाउपालिका वडा न.४ सुलिचौरमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा सम्पुर्ण उपभोक्ता समितिले खाता खोली कारोबार गर्न सक्ने प्रबन्ध मिलाइएको छ ।

जसले गर्दा अब उपभोक्ता समितिको खाता खोल्न लिवाङ जानू पर्ने छैन । सुवर्णावति गाउपालिका वडा न. ४ का वडाअध्यक्ष गन्ज क्षेत्रीको पहलमा केही महिना अगाडि उक्त बैंकले एटिएम सर्भिस समेत सुरु गरेको वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार
प्रतिक्रिया