दाङ लगायत देशभरका नर्सहरु आन्दोलित

पुष २६, २०७४

घोराही,२६ पुस ।
नेपाल नर्सिङ संघ केन्द्रको आब्हानमा दाङ लगायत देशभरका नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघ दाङले आजबाट केन्द्रको मागहरुलाई समर्थन गर्दै कालोपट्टी बाधेर आन्दोलनमा ऐक्यबद्घता जनाएका छन् ।
नेपाल नर्सिङ संघकी जिल्ला अध्यक्ष बिमला पौडेलको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष ललिता के.सी.को बिशेष उपस्थितिमा सम्पन्न बैठकले केन्द्रको मागलाई समर्थन जनाउने तथा केन्द्रले तय गरेका आन्दोलनमा सरिक हुने निर्णय गरेको छ ।

मानब अंग प्रत्यारोपण केन्द्रबाट निस्काशित नर्सहरुलाई अबिलम्ब बिना सर्त पुनर्बहाली, अधिकार सहितको नर्सिङ सेवा महाशाखाको स्थापना, नीजी संस्थामा कार्यरत नर्सहरुलाई पनि सरकारी सरहको सेबा सुबिधा दिनुपर्ने लगायतका ११ बुदे माग राखी देशभरकानर्सहरु आन्दोलनमा उत्रिएका हुन ।

आज र भोली कालो पट्टी बाधेर सांकेतिक बिरोधमा उत्रीएका नर्सहरुले माग पुरा नभए ड्युटी छाड्ने स्वास्थ्य मन्त्रालयमा धर्ना बस्ने लगायतका आन्दोलन तय गरेका छन् ।।

 

प्रतिक्रिया दिनुहोस