दाङमा चोरीका घटनाहरु बढ्दै

यमकला भुषाल,तुलसीपुर २६ पुस ।
पछिल्ला केही वर्ष यता दाङमा चोरीका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यलयको तथ्याङक अनुसार दाङमा केही वर्ष यता चोरीमा घटनाहरुको मुद्धा दर्ता हुने क्रम बढ्दो क्रममा छ । कार्यालय दाङको तथ्याङक अनुसार चालु आर्थिक बर्ष ०७४÷०७५ को सुरुका चार महिनामा ८ वटा चोरीका मुद्धा दर्ता भएका छन ।

दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिहंका अनुसार अर्थिक वर्ष २०७३÷०७४ मा १७ वटा चोरीका मुद्धा दर्ता भएका थिए । उहाँले अघिल्लो वर्षको तुलनामा यो वर्ष चोरीका मुद्धा बढी देखिएको र बढी मात्रामा लागु औषधको प्रयोग बढेर चोरीका घटना बढ्ने गरेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार
प्रतिक्रिया