तुलसीपुरमा बेवारीसे शव फेला

पुष २५, २०७४  |  ४६७ पटक पढिएको

तुलसीपुर,२५ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँमा एकजना पुरुषको शव फेला परेको छ । करिब ४० बर्षिय पुरुषको शव दमारगाउँको भन्ज्याङ खोलामा फेला परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतककले राजपुर गाउँपालिका वडा नम्वर ७ को कुवाखोलाका बर्षराम वली र बिमलाको परिवारले दुई लाख पचास हजार रुपैंया ठगेको व्यहोरा उल्लेख गरेको चिठ्ठी फेला परेको छ ।

उक्त स्थानमा यमुभिस्टा नामक बिषदी र जिनेल रक्सीको खाली सीसी समेत फेला परेको प्रहरीले जनाएको छ ।।

 

प्रतिक्रिया दिनुहोस