थारु पत्रकार संघले सातौं वार्षिकोत्सव मनाउने

तुलसीपुर, २५ पुस ।
थारु पत्रकार संघ दाङले वार्षिकोत्सव मनाउने भएको छ । संघको सातौं वार्षिकोत्सव माघ १३ गते तुलसीपुरमा मनाउने निर्णय बैठकले गरेको छ । थारु पत्रकार संघ, दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संघले यसअघि पुस २८ गते वार्षिकोत्सव मनाउँदै आएको थियो । यसपटक विविध कारणले माघ १३ गते मनाउने निर्णय गरेको छ । बैठकले वार्षिकोत्सवको तयारीका लागि मूल समिति गठन गरेको छ ।

संघका अध्यक्ष सन्तोष दहितको संयोजकत्वमा पाँच सदस्यीय मूल समिति गठन गरेको छ । जसको सदस्यहरुमा नविन चौधरी, सविता चौधरी, नीता चौधरी, कल्पना चौधरी रहेका छन् । त्यस्तै बैठकले वार्षिकोत्सवका लागि आर्थिक उपसमितिको जिम्मेवारी बाँडफाँड गरेको छ । घोराहीका लागि विष्णु कुसुमको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा राजकुमार कान्छा, कृष्ण सपर्मण रहेका छन् । त्यस्तै तुलसीपुर क्षेत्रका लागि सवि थारुको संयोजकत्वमा अञ्जना चौधरी र उदिराम चौधरी, लमही क्षेत्रका लागि श्रीराम दहितको संयोजकत्वमा तीर्थराज चौधरी, शिवहरि चौधरीलाई जिम्मेवारी दिएको छ ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षमा बसेको बैठकले वार्षिकोत्सवका लागि सहयोगका लागि सबैमा अपिल गरेको छ । बैठकमा अञ्जना चौधरी, श्रीराम दहित, नीता चौधरी, सविता चौधरी, कानूनी सल्लाहकार रामशरण चौधरीलगायतले आफ्नो मन्तव्य राखेका थिए । बैठकको सहजीकरण संघका सचिव नविन चौधरीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार
प्रतिक्रिया