आज वाट टरिगाउँ विमान स्थलबाट उडान

पुष २३, २०७४  |  ३६२ पटक पढिएको

तुलसीपुर,२३ पुस ।
दाङको टँरिगाउँ विमानस्थलबाट आइतबारदेखि उडान सुरू हुदै छ । पछिल्लो समय समिट एयरले सातामा दुई दिन आइतबार र शुक्रबार उडान भर्ने तयारी गरेको छ । दाङदेखि काठमाडौंका लागि प्रतिव्यक्ति ६ हजार ८ सय भाडादर निर्धारण गरिएको छ भने काठमाडौंबाट दाङका लागि ७ हजार २ सय भाडादर निर्धारण गरिएको छ ।

आइतवार बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलवाट ११ बजे दाङका लागि समिट एयरले उडान भर्ने जानकारी दिइएको छ । झन्डै आधा घन्टा पछि विमान तुलसीपुरको टरिगाउँ एयरपोर्टमा अवतरण गर्नेछ । विमान सेवा सुरु हुन थालेपछि पहिलो उडानमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरादेखि यसक्षेत्रका जनप्रतिनिधि काठमाडौंबाट दाङ आउने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका अनुसार विमानमा विना विभागिय मन्त्री तथा पूर्व उपप्रधानमन्त्री महरा, दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी , सल्यानका प्रदेश सभा सदस्य प्रकाश ज्वाला र मेयर पाण्डे आउने छन् ।

लामो समयको कसरत पछि विमान सेवा सुचारु हुन लागेको हुँदा जनप्रतिनिधि र मन्त्रीहरु प्लेनमा आउन थालेको मेयर पाण्डेले बताए । २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल यसअघि पटकर पटक गरेर चार पटक रोकिदै र सञ्चालन हुँदै आएको थियो । स्थानिय तहको निर्वाचनमा मेयर पाण्डेले विमान सूचारु गराउने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस