दाङ जिल्ला फुटबल संघमा नँया नेतृत्व चयन

पुष २२, २०७४

तुलसीपुर, २२ पुस ।
दाङ जिल्ला फुटबल संघको चौथो अधिवेशन आज आज तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनले सुशिल श्रेष्ठको अध्यक्षतामा संघको चार वर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा भानुविक्रम राणा, उपाध्यक्षमा ईन्द्र बहादुर पुन, उपाध्यक्ष वुद्धिराम पुन, महाँसचिव नरेन्द्र पुन, कोषाध्यक्ष सन्देश श्रेष्ठ रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा लक्ष्मण बस्नेत, सुरज वली, अनिल कुमार बस्नेत, चन्द्रविर वली, गोपाल श्रेष्ठ, वसन्त पुरी, भिम बहादुर चौधरी, प्रकास श्रेष्ठ र महिला सदस्यमा भावना कुमारी राजभण्डारी रहनु भएको छ । संघका वरिष्ठ उपाध्यक्ष भानुविक्रम राणाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुुुुख आतिथ्य एंव दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिह र अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रदेश सिहं राठोरको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले जिल्लाको खेलकुदको विकासका लागी आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस