अञ्चल अस्पतालमा सुत्केरी हुने संख्या बढ्दै

यमकला भुषाल/उमा भण्डारी,तुलसीपुर २० पुस ।
राप्ति अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्षको ५ महिनाको अवधिमा १ हजार ५ सय ६२ महिलाले प्रसुति सेवा लिएका छन । राप्ति अञ्चल अस्पताल तुलसीपुरकी मेडिकल रेकर्डर दुर्गा रेग्मीका अनुसार साउन महिनामा ३ सय ५८, भदौ महिनामा ४ सय १२, असोज महिनामा १ सय ६६,कार्तिक महिनामा २ सय ४७,मसींर महिनामा २ सय ६२ र पुस महिनाको १९ गते सम्ममा १ सय १७ जना महिलाले प्रसुति सेवा लिएको जानकारी दिनुभयो । जस मध्ये ६ सय २९ जनाले साधारण प्रसूति सेवा लिएका छन् भने बाँकी ३ सय ५२ जनाले जटिल तथा शल्यक्रिया मार्फत प्रसूति सेवा लिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७३÷७४ को एक वषको अवधिमा राप्ति अञ्चल अस्पताल तुलसीपुरबाट १६ सय ६७ जना महिलाले प्रसूति सेवा लिएको मेडिकल रेकर्डर दुर्गा रेग्मीले बताउनुभयो । उहाँका अनुसार चालू आवको हालसम्मको अवधिमा पनि प्रसूति गराउनेको संख्या बढ्दो देखिएको छ । हाल सम्म अस्पतालले यातयात शुल्क वापत सुत्केरी महिलाहरुलाइ ५ सय रुपैया र नेपाल सरकारको प्रवधान अनुसार गर्वभती महिलाले चेक जाच गराए वाफत सुत्केरी प्रोत्साहन भत्ता वाफत ४ सय रुपैया प्रदान गर्दै आएको रेग्मीले जानकारी दिनुभयो ।

सुत्केरी सेवा सुरक्षित तवरले अस्पतालबाटै लिनु पर्छ भन्ने धारणा अनुरुप विभिन्न जिल्लाका दुर्गम ठाउँबाट समेत सुत्केरी गराउन आउने गरेको उहाँले बताउनुभयो । यसले गर्दा मातृशिशुमृत्युदरमा समेत कमि आएको छ । अस्पतालमा सल्यानको कालीमाटी,धनवाङ,रुकुम र रोल्पाबाट समेत आउने गरेको उहाँले बताउनुभयो । य

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार
प्रतिक्रिया