चार महिनामा १ सय २ प्वाईन्ट रगत खपत

पुष १९, २०७४  |  ५६ पटक पढिएको

तुलसीपुर,१९ पुस ।
तुलसीपुरमा सञ्चालनमा आएको रक्त सञ्चार केन्द्रले ४ महिनाको अवधीमा १ सय २ प्वाईन्ट रगत खपत गरेको छ । गत भाद्र १९ देखी तुलसीपुरको अञ्चल अस्पताल परीसरमा रहेको कालिकादेवी रक्त सञ्चार भवनबाट सेवा आरम्भ गरेको रक्त सञ्चार केन्द्रले ४ महिनाको अवधिमा १ सय २ प्वाईन्ट रगत खपत गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले जानकारी दिएका छन ।

सेवा आरम्भ गरेको भाद्र महिनामा ३ प्वाईन्ट रगत खपत गरेको केन्द्रले असोज महिनामा २९ प्वाईन्ट , कार्तीकमा २८ प्वाईन्ट , मंसीरमा १९ प्वाईन्ट र पुष महिनाको १८ गते सम्म २३ प्वाईन्ट रगत खपत गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख न्यौपानेले जानकारी दिएका छन ।

न्यौपानेका अनुसार तुलसीपुरमा रक्त सञ्चार केन्द्र सञ्चालन नआउदा अघिल्नो आर्थिक बर्षमा तुलसीपुर क्षेत्रमा घोराही रक्त सञ्चार केन्द्रबाट बार्षिक ८० प्वाईन्ट सम्म रगत खपत हुने गरेको तथ्याङक् रहेको उनले बताए ।  राप्ती समाचारमा दिपक बोहराले समाचार लेखेका छन ।

प्रतिक्रिया दिनुहोस