वडा कार्यालयको उद्घाटन

 

देविराम कुसारी गोल्टाकुरी, पुस १८ ।

दंगीशरण गाँउ पालिका वडा नम्वर २ को वडा कार्यालयको एक कार्यक्रमको विच उद्घाटन गरिएको छ । वडा अध्यक्ष तुलसीराम देवकोटाको अध्यक्षता तथा गाउँ पालिकाका उपाध्यक्ष पिमा खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष खड्काले वडा कार्यालयको साइनवोर्डको अनावरण गरि उद्ध्घाटन गर्नुभएको थियो ।

कार्यालय उद्ध्घाटन कार्यक्रममा वोल्ने सहभागिहरुले वाडा कार्यालय न्यायोचित तरिकाले सरेको भन्दै यस वाट केही समस्या भएपनि त्यसलाई अन्यथा नसोच्न आग्रह गरेका थिए । वाडा कार्यालय संरक्षण र संवर्धनका लागि सवै स्थानियले ध्यान दिनुपर्ने भन्दै वडाका कर्मचारीले पनि छिटोछरितो प्रभावकारी सेवा दिनुपर्ने सुझाव दिएका थिए ।

वडा सदस्य निमकुमारी चौधरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एम एन शाह, नेपाली काँग्रेस दंगिशरणका उपसंयोजक प्रकासमान वली, माअ‍ेवादी केन्द्रका जिल्ला सदस्य भरत नेपाली, नेपाल शिक्षक महासंघका दंगीशरणका अध्यक्ष लक्ष्मण देवकोटा लगाएतले वोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण वडा कार्यालयका कर्मचारी देविराम कुसारीले गर्नुभएको थियो । यसैविच आजै (मंगलवार) देखी वडा कार्यालयले नयाँ वडा कार्यालय कौवाघारी देखी सेवा सुचारु गरेको छ । पुरानो स्थान वाट वडा कार्यालय सरी नयाँ स्थान दंगीशरण २ कौवाघारी वाट सेवा सुचारु गरेको वडा सचिव ज्ञानबहादुर केसीले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार
प्रतिक्रिया