मैत्रीपूर्ण क्रिकेट प्रतियोगीतामा शान्ति निकेतन विजयी 

दाङ,

मैत्रीपूर्ण क्रिकेट प्रतियोगीतामा शान्ति निकेतन विद्यालय विजयी भएको छ । पद्मोदय पव्लीक नमुना माध्यमिक विद्यालय र शान्ति निकेतन विद्यालयका छात्राहरुका बीचमा भएको मेत्रीपूर्ण प्रतियोगीतामा शान्ति निकेतन विद्यालय घोराही ३ रनले विजयी भएको हो ।  पद्मोदय पव्लीक नमुना मावि घोराहीको खेल मैदानमा भएको प्रतियोगीतामा टस जितेर पद्मोदयले फिल्डिङ रोजेकोे पद्मोदयले शान्ति निकेतनलाई व्याटिङका लागि निम्ता दिएको थियो । १६ ओभरको खेलमा शान्ति निकेतनले ८४ रन बनाएको थियो ।

जसमा आस्मिन मन्सुरीले सर्वाधिक २२ रनको योगफल तयार पार्नुभएको थियो । त्यस्तै कुसुम पोख्रेलले १२, वविता विसीले ६ र स्मृति जीसीले ४ रन जोड्नुभएको थियो । खेलमा पद्मोदयका युवा शर्माले ३, विमला ठेडी मगर र ईश्वरी केसीले १/१ विकेट लिनुभएको थियो ।

जम्मा ८५ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको पद्मोदय निर्धारित १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८२ रनमा सीमित भएको थियो । जसमा तुलसा क्षेत्रीले सर्वाधिक १६ रनको योगफल बनाउनुभएको थियो । त्यस्तै बिमला ठेडी मगरले १३, शारदा सुवेदीले १० र नमुना वलीले ६ रन बनाउनुभएको थियो ।  पद्मोदयलाई सस्तैमा समेट्ने क्रममा शान्ति निकेतन विद्यालयका समीक्षा भण्डारी र दीपा न्यौपानेले ५÷५ विकेट लिनुभएको थियो ।

प्रतियोगीतामा ४ ओभरमा २० रन खर्चदै ५ विकेट लिने शान्ति निकेतनकी समीक्षा भण्डारीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो । दाङका सिनियर महिला खेलाडी सरस्वती जीएम र नमिता नेपाली प्रतियोगीताले अम्पाएरको भूमिका निर्वाह गरेको प्रतियोगीतामा सिनियर खेलाडी समिता नेपाली र अनु केसीले सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगीतामा नविन आचार्यले स्कोररको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार
प्रतिक्रिया