न्युनतम पारिश्रमिक लागु गर्न आवश्यक

यमकला भुषाल,तुलसीपुर २ पौष ।
पत्रकार महिलाहरुको संख्या बृद्धिका लागी न्युनतम पारिश्रमिक लागु गर्न आवश्यक रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । नेपाल पत्रकार महासघं दाङको २५औ स्थापना दिवसको अवसर पारेर क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे दाङले गरेको पत्रकार अन्तरक्रियामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

डब्लुडब्लुजे दाङका अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षतामा भएको कार्यक्तममा डब्लुडब्लुजे का मध्यपश्चिम संयोजक शाहले मिडिया क्षेत्रमा अवसर रहेको भन्दै पत्रकार महिलाहरुलाई हतोत्साहित नहुन आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार लक्ष्मी आचार्यले महिला पत्रकारहरुले क्षमता विकासमा जोड दिएर आफुलाई सक्षम छु भन्ने देखाउन आबश्यक रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले तत्कालै दाङ जिल्लामा रहेका मिडियाका मालिकहरु सँग बसेर न्युनतम पारिश्रमिकका सवालमा कुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा पत्रकार महिला मंञ्चका पुर्वअध्यक्ष शुसिला आचार्य, प्रेस युनीयनका केन्द्रीय सदस्य सुलोचना गौतम, डब्लु डब्लु जे दाङका सल्लाहकार रन्जीता शर्मा,पत्रकारहरु देवि भण्डारी,अन्जना चौधरी,यमकला भुषाल,शुसिला वली,अमिता चौधरी,सरिता चौधरी लगाएतले बोल्नुभएको थियो ।

रोशनी मल्लको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव पार्वती बस्नेतले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७४ पुष २ गते आइतवार
प्रतिक्रिया