जुम्लीटाकुरा र सिरुगैरामा कहिले हट्ला पानीका दुःख ?

तुलसीपुर, २८ मंसीर
‘अचम्मै दुःख छन् पानीका ।’ ‘परारै श्रीमान विदेश हुनुहुन्थयो बच्चाबच्चि सानै थिए, म बिरामी परे । के गर्नु पानी खानै प¥यो लठ्ठी टेक्दै हिड्दै गर्थे कहिले त एक गाग्री पानी लग्न नसकेर रुन्थे ।’ तुलसीपुर उपमहानगरपालिका ४ सीरुगैराकी लालमति पुनले पानीका लागि यसरी दुःख काट्न लागेको अहिले २१ बर्ष पुग्यो । २०५३ साल बैशाख महिना विहे भएर आएपछि सुरु भएका दुःखका दिनले अहिले सम्म छोडेको छैन विगत सम्झिदै पुनले भनिन् ।
तुलसीपुर बजार देखि करिब ११ किलोमिटर उत्तर तर्फ राप्ती राजमार्ग अन्र्गगत तुलसीपुर–सल्यान पक्की सडकले छोएको हर्नेटी भन्ने ठाउँ छ । त्यहाँ देखि तेड्छै उकालैउकालो करिब पाँच किलोमिटर कच्चि सडक पारगरेपछि आउँछ पानीको दुःख भएको ठाउँ जुम्लीटाकुरा र सीरुगैरा । जहाँका स्थानीयले शताब्दीऔं देखि पानीको ठूलो दुःख बेहोर्नु परेको छ । त्यहाँका स्थानीयले मूलकोटको पानी खाने गरेका छन् । जुम्लीटाकुरा र सिरुगैरा देखि पानी भएको ठाउँ मुलकोट सम्मको दुरी करिब १२ सय मिटर टाढा छ । मुलकोट देखि सिधै माथी डाँडामा स्थानीयबासीको घर भएकाले एक गाग्री पानी लग्न डेढ घन्टा सम लाग्ने गरेको स्थानीयले बताए ।
‘साढे चार बजे लाइट बाल्दै पानी ल्याउन आएपछि छ बजे एक गाग्री पानी लगेर घर पुगीन्छ,–जुम्लीटाकुराकी कमला पुनले भनिन–‘ठाडै उकालो भएकाले विसाउदै जाँदा ढिलो हुन्छ ।’ २०५४ साल देखि भोट हाल्न सुरु गरेपनि जितेर गएका नेताले लेखसम्म पानी नपु¥याएको स्थानीयले दुखेसो पोखे । ‘चुनावको बेलमा नेताहरु आएर भोट दिनुस हामी तपाईको घरमा धारा पु¥याईदिन्छौं भन्छन, जितेर गएपछि फर्कि हेर्दैनन,– कमलाले भनिन– ‘यहाँको पानी तुलसीपुर पुगीसक्यो हामी गरिबलाई कसलेपो हेर्छर ?’
रोचक कुरा त के छ भने बाह्र सय मिटरको दुरीमा रहेका करिब २०/२२ घरधुरीमा पानी पुग्न सकेको छैन । तर १५÷१६ किलोमिटर टाढाको दुरीमा रहेको तुलसीपुर बजारका करिब नौ सय घरमा पानीको धारा छर्किको छ । प्रतिसेकेन्ड १० लिटर आउने मुलकोटको पानी तुलसीपुर पुगेपनि नजिकै रहेको गाउँमा नजाँदा स्थानीय खिन्न छन् ।
मानव वस्ती भएको ठाउँमा पानी पु¥याउन करोढ बढि बजेट लाग्ने भएको समस्या भएको माओवादीका स्थानीय नेता कलीभान रोकाले जानकारी दिए । ‘जुम्लीटाकुरा र सिरुगैरामा पानी लग्नका लागि हामीले प्रयास गरेका हौं,– रोकाले भने– ‘धेरै बजेट लाग्ने भएको अहिले सम्म रहेको हो ।’ यो बर्ष ७ लाख बजेट विनियोजन भएको भन्दै उहाँले आगामी बर्षमा थप बजेको व्यवस्था गरेर जनताको माग पुरा गर्ने नेता रोकाले बताए ।
यता तुलसीपुर उपमहानगरपालिकाले जनतलाई सहज रुपमा खानेपानीको व्यवस्था मिलाउने बताएको छ । लिप्ट प्रविधिमार्फत गाउँमा पानी पु¥याएर जनतलाई पानीको व्यवस्था गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताए । ‘लाइन विस्तार र ट्रान्समिटरका लागि विद्युतलाई भन्छौ,– नगरप्रमुख पाण्डेले भने,–अन्य व्यवस्थापन नगरपालिको गर्छ ।’

 

 

 

 

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया