एसिसि यू १६ इष्टर्न रिजन क्रिकेट: नेपालले बनायो ३५ ओभरमा ३ सय ५० रन

काठमाडौँ, मंसिर २८ – १६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ५१ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको ठुलो योगफल बनाएको हो । नेपालका लागि कप्तान रित गौतमले नटआउट १ सय ६ र प्रतिश जिसिले नटआउट ६३ रन बनाए । यस्तै तृतराज दाशले ६४ रनको योगदान गरे ।

७८ बल खेलेका रितले १ सय ६ रन बनाउने क्रममा १४ चौका प्रहार गरेका थिए । यस्तैप्रतिशले ३१ बलमा १० चौका र १ छक्काको मद्दतमा ६३ रन बनाए । यस्तै तृतराजले २९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाए । यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल यो खेलमा विजयी भए समूह विजेता बन्नेछ । ४ टीम रहेको समूहमा म्यानमारले अहिलेसम्म एउटा पनि खेल जितेको छैन ।

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया