डिएसपीले नि:सशस्त्र ब्यक्ति माथि गोली चलाए

मंसिर २१, २०७४  |  ३७९३ पटक पढिएको

तुलसीपुर,२१ मंसीर ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सुधीरराज शाहीले नि:सशस्त्र ब्यक्ति माथि गोली प्रहार गरेका छन्। उनले तुलसीपुरको अरनिको मैदानमा लिला विक र श्याम विकलाई लक्षित गरेर गोली प्रहार गरेको एमाले तुलसीपुर नगर कमिटिले जनाएको छ । उनीहरुले भागेर ज्यान बचाउन सफल भएका छन्। गोली प्रहार भए लगत्तै भाग्न खाजेका उनिहरुलाई घेराबन्दी गरेर प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिएसपी शाहीले भने भाग्न खोज्दा गोली प्रहार भएको बताएका छन। आज दगिंशरण ६ श्रीगाउमा भएको घटनालाई लिएर डिएसपीले गोली प्रहार गरेको नगरकमिटिले जनाएको छ । उक्त गोली प्रहार कांग्रेसबाट क्षेत्रनम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरीको निर्देशनमा भएको बताईन्छ ।

यसैविच हार्ने निश्चित भएपछि धाधली गर्नका लागि कांग्रेसले यस्तो हर्कत देखाएको एमालेले बताउछ । श्रोतका अनुसार डिएसपी पुर्वमन्त्री गिरीकै पहलमा ईप्रका तुलसीपुर आएका हुन ।

 

प्रतिक्रिया दिनुहोस