दाङमा ६८.७२ प्रतिशत मत खस्यो

मंसिर २१, २०७४  |  १२९ पटक पढिएको

तुलसीपुर,२१ मंसीर ।
दाङमा प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन शान्त रुपमा सम्पन्न भएकोे छ । बिहान ७ बजे देखि सुरु भएको मतदान ५ बजे सम्म जिल्लाको ३ सय ९४ मतदान केन्द्रमा निर्वाचन शान्त र सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको छ । प्रतिनिधी सभाको लागी ३ ओटा र प्रदेश सभाको लागी ६ वटा क्षेत्र रहेको दाङमा सबै मतदान स्थलका मतदान केन्द्रहरुमा मतदाताहरु उत्साहका साथ मतदानमा सहभागी भएका छन ।

यसैविच दाङमा ६८.७२ प्रतिशत मत खसेको छ । जिल्लामा महिला १ लाख २८ हजार ५ सय २७ र पुरुष १ लाख ४ हजार ४ सय २५ गरी २ लाख ३२ हजार ९ सय ५२ मतदाताले मत खसालेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कंवरले जनाए ।

 

प्रतिक्रिया दिनुहोस