कँटाहा मतदान स्थलमा ३७ सय मत खस्यो

मंसिर २१, २०७४  |  ३५६ पटक पढिएको

तुलसीपुर,२१ मंसीर ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको आधारभुत विद्यालय कँटाहा मतदान स्थलमा मतदान सम्पन्न भएको छ । अत्यन्त शान्तीपुर्ण तवरले निर्वाचन सम्पन्न भएको सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक राम बहादुर जिसीले जानकारी दिए । उक्त मतदान स्थलमा क देखी च मतदान केन्द्र गरेर ६ वटा मतदान केन्द्र रहेका थिए ।

जहाँ ३ हजार ७ सय ९४ मत खसेको छ । जसमा पुरुष १ हजार ६ सय ९४ र महिला २ हजार १ सय मतदाताले मत खसालेका छन । सो मतदान स्थलमा ५ हजार ४ सय ९३ मतदाता रहेका थिए ।।

प्रतिक्रिया दिनुहोस