अश्वारामा झण्डै पाँच सय मत खस्यो

मंसिर २१, २०७४  |  १८२ पटक पढिएको

तुलसीपुर, २१ अश्वारा
दाङको क्षेत्र नं. ३ अन्र्गत तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा मतदान केन्द्रमा ३ सय बढी मत खसेको छ । १ हजार ४ सय ६८ मतदाता संख्या रहेको अश्वारा मतदान केन्द्रमा विहान साढ१२ बजे सम्म ४ सय ८५ मत खसेको मतदान स्थलमा खटेका प्रहरी साहयक निरीक्षक टीका कुँवरले जानकारी दिनुभयो । मतदान कार्य शान्तिपूर्ण तवरमा भइरहेको छ । अश्वारामा ‘क’ र ‘ख’ दुइ मतदान केन्द्र छन् ।
तुलसीपुरको दोघरेमा विहान ७ः५५ मा भएको बम विष्फोट बाहय अन्य कुनै अप्रिय घटना नभएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दाङमा प्रतिनिधि सभा र प्रदेश सभाको ९ पदका लागि ८१ उम्मेदवार छन् भने ३९४ मतदान केन्द्रबाट ३ लाख ३८ हजार मतदाताले भोट खसाल्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस