एभरेष्ट बैंक द्धारा ह्वील चेयर प्रदान

तुलसीपुर, १७ मंसीर

एभरेष्ट बैंक तुलसीपुर शाखाले सञ्चार सञ्जाललाई दुई वटा ह्वील चेयर प्रदान गरेको छ । अन्तराष्ट्रि«य अपाङ्ग दिवशको अवसरमा एक कार्यक्रमको आयोजना गरि शाखा प्रबन्धक महेशप्रसाद शर्माले सञ्जालका अध्यक्ष सुरेश विकलाई ह्वील चेयर हस्तान्तरण गर्नु भएको हो । वितिय कारोबार गर्दै आएको एभरेष्ट बैंकले अपाङ्गगता भएकै कारण हिड्डुलमा कठिनाई भएर घरमा बस्न बाध्य भएका व्यक्तिलाई केहि सहजता ल्याउने उद्देश्यले सामान्य सहयोग मात्रै गरेको बैंकका ज्योति रोकाले जानकारी दिनुभयो । बैंकले यस्ता सामाजिक कार्यहरु आगामी दिनमा पनि गर्ने बताएको छ । सो अवसरमा कार्यक्रमको सहजीकरण शाखा साहयक प्रबन्धक अभिषेक श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया