सँयुक्त वाम विद्यार्थी भेला तथा प्रशिक्षण

मंसिर १४, २०७४  |  १०४ पटक पढिएको

तुलसीपुर,१३ मंसीर ।
सँयुक्त वाम विद्यार्थी भेला तथा मतदान प्रशिक्षण कार्यक्रम राप्ती बबई क्याम्पस तुलसीपुरमा सम्पन्न भएको छ । कमिटीका अध्यक्ष रविन वलिको अध्यक्षता एवंम अनेरास्ववियु दाङका अध्यक्ष विरवल खडकाको प्रमुख आतिथ्यता तथा अखिल क्रान्तिकारीका जिल्ला सदस्य प्रकाश वलिको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अनेरास्ववियू दाङ जिल्ला कमिटी सदस्य सिएम विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य रविन्द्र डागि ,गोविन्द केसि, प्रकाश रावत त्यसैगरी राप्ती बबई क्याम्पसका सचिव राजन केसि सहसचिव दिपा आर्चाय, महिला विभाग प्रमुख तारा खरेल अनुशासन विभाग प्रमुख हिमकर डागि लगाएतकाले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण याम प्रसाद पाण्डले गर्नुृभएको थियो । अनेरास्ववियु राप्ती बबई क्याम्पस कमिटीको आयोजनामा सो कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस