हेलीकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याउदै

मंसिर ११, २०७४  |  ७७ पटक पढिएको

तुलसीपुर, ११ मंसीर

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले रुकुम र रोल्पामा भएको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको जनाएको छ । ५ नं. प्रेदश अन्र्गत पर्ने रोल्पाको ८० र रुकुमको ३१ मतदान स्थलमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तपुर्ण वातावरणमा सम्पन्न भएको ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी र श्री ४ नं. बाहिनी अड्डा नेपालगंजका बाहिनीपति साहायक रथी अन्नत कार्कीको संयुक्त कमाण्डमा नेपाली सेनाको हेलीकप्टर मार्फत रोल्पा र रुकुम जिल्लाका विभिन्न स्थानहरुको हवाई पट्रोलिङ गस्ती समेत गरिएको थियो । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार रुकुमको १९ र रोल्पाको १४ वटा मतपेटिका सुरक्षीत स्थलमा लगिएको अन्य नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सहयोगमा सुरक्षित तवरले लग्ने काम भइरहेको छ भने रुकुम जिल्लाको पुथाल, हिमाल मावि रन्मामैकोट , प्रावि पेल्मा, प्रावि रन्मा हुकाम, देराली मावि लगाएतका मतपेटिकाह हवाईमार्गबाट ल्याउने काम भइरहेको प्रवक्ता मल्लले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस