यस्ता नम्बरबाट फोन आउँदा नउठाउनुहोला

मंसिर ११, २०७४  |  ६० पटक पढिएको

काठमाडौं–नेपाल टेलिकमले अपरिचित नम्बरबाट  आएको फोन नउठाउन नागरिकलाई आग्रह गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका, ०१२३४५६र १२३४५६ जस्ता नम्बबाट आएको कल नउठाउन  अनुरोध गरेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्नै गएको भन्दै नागरिकको हितको लागि जानकारी गराइएको बताइन् ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र बैकमा पैसा पठाउन लगाउने अनि ठग्ने गरेको टेलिकमले जनाएको छ । यो नम्बर बाट कल गरेर चिठ्ठा परेको जानकारी गराउने र उल्टै ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमानै ग्राहकलाई एसएमएस बाट जानकारी गराउन थालिएको छ ।  प्रवक्ता बैद्यले यस्ता कल कुन रुटबाट आएको भन्ने विषयमा अनुसन्धान भईरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस