अञ्चल अस्पतालमा विग्रिएको एक्सरे कहिले बन्छ ?

मंसिर ११, २०७४  |  १६० पटक पढिएको

ओपेन्द्र बस्नेत , तुलसीपुर ११ मंसीर ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा रहेका दुई वटै एक्सरे मेसिन विग्रएको एक महिना पुग्दा समेत मर्मत नुहदा बिरामीले सास्थी खेप्नु परेको छ । विग्रीएका एक्सरे मेसिन समयमै ममर्त नहुँदा बिरामीले सास्थी भोग्नु परेको हो । अस्पतालका एक्सरे मेसिन विग्रीएपछि उपचारका लागि पुगेका बिरामीहरु निजि क्लिनिकमा चर्को शुल्क तिरेर एक्सरे गर्न बाध्य छन् । ४५ लाख मुल्य पर्ने ठूलो डिजिटल एक्सरे मेसिन करिब डेढ महिना र २÷३ लाख मुल्य पर्ने सानो एक्सरे मेसिन विग्रीएको करिब एक महिना पुगेको छ ।

अंचल अस्पतालमा ३ सय ५० देख ४ सय रुपैया शुल्क लाग्ने डिजिटल एक्सरेलाई बाहिर निजि क्लिनिकमा ४ सय देखि साढे पाँच सय रुपैयाँ सम्म शुल्क लिने गरेको स्वयम अस्पतालका स्वास्थ्य कर्मीले बताउने गरेका छन् । अस्पतालमा उपचार गराउन आएका बिरामीहरु बाहिरबाट एक्सरे बनाएर आउँदासम्म डाक्टर निस्कीने भएकाले झनै समस्यामा पर्ने गरेको बताएका छन् ।

‘छातीमा समस्या देखिएपछि ठूला डाक्टरलाई चेक गराउन आएको हुँ, बबै गाउँपालिकाको हंसपुरबाट उपचारका लागि आएका ७२ बर्षका मानसीङ पुनले हातमा समातेको एक्सरे देखाउदै भन्नुभयो’ आज छोरीको घरमा बस्छु भोली फेरी आउनु पर्ला ।’ अस्पतालमा दैनिक एक्सरेका लागि २५/३० जना बिरामी आउने गरेको एक्सरे साहयक यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।

भएका दुई वटै मेसिन बिग्रीए पछि एक्सरेका लागि आउने बिरामीहरु सोध्दै फर्किदै गर्ने गरेको थापाले बताउनुभयो । ‘विद्युत भोल्टेज कहिले हाई हुने र कहिले लो हुन्छ, त्यसैले बोर्ड जल्यो, थपाले भन्नुभयो’ यहाँ सामान नपाइने भएकाले ढिलो भएको हो ।’यता अस्पतालका सुपरीटेन्डेन्ट डाक्टर विनोद सिंहले ३/४ दिनमा मेसिन संचालनमा आउने बताउनुभयो ।

आफु काठमान्डौ गएको बताउने सुपरिटेन्डेन्ट सिंहले टेलिफोनमा कुरा गर्दै इन्जिनियर पर्सी आउने भन्दै पुरा कुरानगरी फोन काटेका थिए । यता अस्पतालका केहि कर्मचारीले प्रशासनको लापर्वाहीका कारण मर्मत सम्भारमा ढिलाई भएको बताएका छन् । सेवाग्राहीको गुनासो जस्ताको तस्तै अस्पतालका मेसुलाई जानकारी गराएपनि कुनै चासो नदिएको नाम नवताउने सर्तमा एक स्वास्थ्यकर्मीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस