मैकोट मतदान केन्द्रमा कति मत खस्यो ?

दिपेश बस्नेत
मैकोट १० मंसीर ÷ रुकुम पूर्वको विकट ठाउँ पुथा उत्तर गंङ्गा गाउपालिका १ मैकोट मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण तवरले मतदान गरिरहेका छन् । सो मतदान केन्द्रमा दिउसो बाह्र बजे सम्म २८३ मत खसेको मतदान केन्द्रमा खटेका प्रहरी जवान दिपेश बस्नेतले जानकारी दिनुभएको छ । बस्नेतका अनुसार महिला एक सय ३५ र पुरुष एक सय ४८ जनाले मत खसालेका छन् । त्यहाँ ६ सय ७२ मतदाता संख्या रहेको छ । जिल्लाका विभिन्न स्थानमा विप्लन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव विथोल्न बाम विष्पोट गराए पनि त्यहाँ भने शान्तिपुर्ण रुपमा मतदान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार
प्रतिक्रिया