२० बर्ष जेलसजाय तोकिएका च्यान्टु पक्राउ परे

मंसिर ०८, २०७४  |  ३११ पटक पढिएको

तुलसीपुर, ८ मंसीर

ज्यान मारेको अभियोगमा दोषी ठहर एक व्यक्ति ७ बर्षपछि दाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ७ निबासी ५० बर्षका च्यान्टु चौंधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो । चौंधरीलाई दाङ देउखुरी जिल्ला अदालत दाङले २० जेठ २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० बर्ष कैदको फैसला गरेको थियो । अपराध नियन्त्रण, गुण्डागर्दी तस्करी तथा फरार अपराधीहरु पक्राउ अभियान अन्र्गत खोजतलास गर्ने क्रममा लुकिछिपी बस्दै आएका अपराधी चौधरीलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा बुझाएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस