‘संविधान ल्यायौँ अब विकास र समृद्धि ल्याउछौ’

दाङ, ७ मंसीर
आगमी मंसीर २१ गते हुने निर्वाचनकालागि कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उमेद्वारहरु आफ्नो अपीलका साथमा घरदैलो गरिरहनुभएको छ । यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा १ का उमेद्वार कमलकिशोर घिमीरे र प्रदेश सभा २ का उमेद्वार भरतबहादुर न्यौपाने मतदाताहरुसँगको अपील सहित घरदैलोमा रहनुभएको छ । ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अधियान’ भन्ने मूल नाराका साथ कांग्रेसकालागि मत माग्न उमेद्वारहरु घर, टोल र गाँउमा पुग्ने गर्नुभएको छ । उमेद्वारहरुसँगै नेता एवं कार्यकर्ताहरुले घरदैलो गरिरहेको यस क्षेत्रका प्रचारप्रसार संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।
अपीलमा २०७० सालको निर्वाचनमा यस जिल्लाका मतदाताहरुले दाङका सबै क्षेत्रबाट नेपाली कांग्रेसका उमेद्वारहरुलाई संविधान निर्माण गर्ने जिम्मेवारीका साथ जिताएर पठाएकोमा त्यो जिम्मेवारी पुरा गरेर अब फेरी गाँउघर, शहर, जिल्ला, प्रदेश र राष्ट्रको उन्नतिकालागि काम गर्ने उद्धेश्यकासाथ मत मागन आएकाले मत कांग्रेसको चुनाव चिह्नमा मत दिएर विजयी बनाउन अनुरोध गरिएको छ ।

खनाल, घिमीरे र न्यौपाने घरदैलोमा
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका उमेद्वारहरु घरदैलोमा व्यस्त छन् । कांग्रेसबाट क्षेत्र नम्बर २ बाट उमेद्वार भनेका प्रतिनीधी सभातर्फ राजु खनाल र प्रदेश सभा तर्फ भरतबहादुर न्यौपाने आज विहीवार पनि घरदैलो एवं सभामा व्यस्त छन् । खनाल र न्यौपाने विहीवार दुधरास, मनिकापुर, संक्राम, सातकुले, हेमन्तपुर, खोलीगाँउ लगायतका विभिन्न स्थानमा घरदैलो गरिरहनुभएको छ । उ

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया