फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

काठमाण्डौं,७ मंसीर ।

विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो ।

दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ भने भारत शीर्ष स्थानमा छ । यस्तै, अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो, भुटान पाँचौ, बंगलादेश छैठौ, श्रीलंका सातौ र पाकिस्तान आठौं स्थानमा छ । विश्व बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया