५ नं.प्रदेशको मुख्य मन्त्रीमा पोख्रेल किन ?

नेकपा एमालेका स्थायी कमिटी सदस्य क.शंकर पोख्रेल नेपाली वाम राजनीतिका महत्त्वपूर्ण पात्र मात्र नभइ विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ सिरावाट माथि उठाउन सक्ने क्षमता भएको नेता हुनुहुन्छ । पोख्रेलले बाम एकता र समग्र विश्व कम्युनिस्ट राजनितीमा नेपालले खेल्न सक्ने महत्वपूर्ण भुमिकाका सन्दर्भमा राखेका शैद्धान्तिक तथा व्यवहारिक विश्लेशनलाई निकै दुरदर्शिताका रुपमा लिन सकिन्छ ।

जनताको वहुदलिय जनवादका स्पष्ट व्यख्याता, नेपाली राजनितीका विकास प्रेमि नेता पोख्रेल नेपालको मुल राजनितीमा आफ्नो भुमिकालाई फराकीलो वनाउदै स्थानिय जनसमुदाको विकाश नै देशको विकाश हो र जसको वर्तमान नेतृत्वदायि भुमिका प्रदेश सरकारले गर्न सक्ने कुरामा विश्वस राख्दै ५ नम्बर प्रदेस को मुख्य मन्त्री बन्ने कुराले सिगो युवा विधार्थीलाइ निकै उत्साहित वनाएको छ ।

नेपालको पहिलो प्रदेश सरकार जो आफेैमा निकै मजबुत हुन जरुरी छ, जसकालागि दृढ भिजन भएको मजबुद नेतृत्व हुन आवस्यक छ, जसको नेतृत्व क.शकर पोख्रेलले गर्न सक्नुहुन्छ । ५ नम्बर प्रदेशमा मात्र होइन अन्य प्रदेशमा पनि उतिकै क्षमातावान नेतृत्वको आवश्यक छ ।

अनि मात्र संघीयता को कार्यान्वयनले उचित दिशा लिन सक्छ । हामी ५ नम्बर प्रदेशका गरिव, उत्पीडित , वर्गको समुचित विकास र देशकै नमुना प्रदेश निर्माणका लागि मुख्य मन्त्री जस्तो पदमा शंकर पोख्रेल बन्ने कुराले सबैमा आशा पलाएको छ । व्यक्तिगत रुपमा उहाँ निकै सम्भावना बोकेको नेता हुनुहुन्छ, जसरि उहाले आफ्नो व्यक्तिगत चाहना भन्दा पार्टी, देश र जनताको आवश्यकता लाई हेरि चुनौतीलाई आत्मसात गर्दै प्रदेश सभामा आएर मुख्य मन्त्री बन्ने कुरालाई स्विकार्नु भयो ।

यस कुराले पनि उहाँको महानतालाई झल्काउछ, जसबाट हामी युवा लाई राजनितिमा अझ दृढ भएर लाग्न प्रेरित गरेको छ । नेपालमा धेरै बोल्ने काम नगर्ने नेताको कमी छैन । तर कम बोलेर धेरै काम गर्ने र गरेको कामको प्रचार नगर्न नेता कतै भेट्नुहुन्छ भने एक नेता उहाँ नेै हुनुहुन्छ ।

अनेरास्ववियुको कुरा गर्ने हो भने पनि शंकर पोख्रेल अखिल केन्द्रीय अध्यक्ष हुदा अख्तियार गरेका नीतिका कारण नै आज देशको सबैभन्दा शक्तिशाली,ठूलो, लोकतान्त्रिक , विधार्थी सँगठन बन्न सकेको छ । त्यसैको सिको गर्दै आज सबै जन बर्गीय सँगठनमा सुधार हुँदै देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले वन्न सकेको छ ।

जसरी आज भन्दा २०।२१ वर्ष अघि उहाले एऊटै कम्युनिस्ट पार्टी वनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो, आज त्यसैको धरातलमा टेकेर बाम तालमेल र एक पार्टी निर्माण कुरा आएको छ । त्यसैले वाम एकता र एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि उहाको राजनैतिक तथा संगठनीक क्षमाताको भरपुर सदुपयोग हुन जरुरी छ ।

हामी युवा विधार्थी कमरेड शंकर पोख्रेल प्रति उच्च सम्मान गर्दै बधाई तथा जितको अग्रिम शुभकामना व्यक्त गर्दछौ । साथै सुर्य र हसिया हतोैडा चिन्हमा मतदान गरि बाम उम्मेदवार लाई अत्याधिक वहुमतले विजयी गराउनु हुन आदरणीय जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

सर्जन परियार – उपाध्यक्ष, अनेरास्ववियु दाङ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया