फलामको अभाव कम गर्न पालुंगो खेती गर्न आग्रह

मंसिर ०३, २०७४  |  ८८ पटक पढिएको

शंकर के सी,सल्यान, ३ मंसीर ।
आइरन चक्की खाएर मात्रै महिलाहरुमा फलामको अभाव पुर्ती नहुने भएकाले हरिया सागपात, पालुंगो तथा मेथीको खेती गरेर प्रशस्त खान जिल्ला कृषि विकास कार्यालय सल्यानले अनुरोध गरेको छ । खानामा पालुंगो मेथी तथा हरियो सागपात नियमित खानाले शरीरलाई चाहिने आइरनको मात्रालाई पूर्ति गर्ने भएकाले करेसाबारीमा तरकारि खेती गर्न कार्यालयले अनुरोध गरेको हो ।

जिल्लाका विभिन्न महिला कृषक समूहहरुको अनुगमनमा आएका जिल्ला कृषि विकास कार्यालयका वरिष्ट कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले भने– ‘सल्यानमा भाजिको साग मात्रै खेती गर्ने चलन छ, अवदेखि पालुंगो, चमसुर, मेथी, गाजर पनि खेती गर्नुस् ।’ छिटो हुर्कने र डाँठ समेत नरम हुने भएकाले पालुंगो हरियो सागपातमध्ये उत्तममा गनिन्छ । र यसको खेती सल्यानमा सजिलै संग गर्न सकिने घिमिरेले बताए ।

शरीरमा क्याल्सियम र आइरनको कमी भएमा हिडडुल गर्न समेत समस्या हुने भएकाले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउनका लागि हरियो सागपात प्रशस्त खानुपर्ने वरिष्ट कृषि विकास अधिकृत घिमिरेको भनाइ छ । ‘विगतका वर्षहरुमा हरियो तरकारि राम्रो संग खान नपाउने यहाँको अवस्थामा सुधार आएको छ,’ उनले भने– ‘धेरैले तरकारि खेती शुरु गरेका छन्, तर टमाटर र भाजिको साग मात्रै लगाउनु भन्दा अन्य जातका तरकारि र फलफुल खेतीतर्फ किसानहरु सक्रिय बन्नुपर्छ ।’

घिमिरेले घुइयाको पात पनि प्रशस्त मात्रामा खानुपर्ने बताए । तरकारि खेतीका लागी सल्यान उर्वर भुमि भएको जनाउँदै उनले व्यवशायीक खेती गरेर घरमा पनी प्रशस्त मात्रामा तरकारि खाएमा स्वस्थ बनिने र बचेको तरकारि विक्रि गरेमा आर्थीक लाभ समेत प्राप्त गर्न सकिने बताए । जिल्लामा धेरै किसान हिजोआज व्यवशायीक रुपमै तरकारि खेतीमा संलग्न भएको र अव भने किसानले पालुंगो, गाजर, मेथी लगाएतको खेती गर्ने हो भने मुल्य पनि राम्रो पाउने वरिष्ट कृषि विकास अधिकृत घिमिरेको भनाइ छ ।

स्वास्थ्य बर्दक र पोषीला खाने कुराको प्रयोगले मानिस स्वस्थ र हृष्टपुष्ट हुने भएपनि यस्ता खालका पोषीला र स्वास्थ्य व्रद्र्धक खानेकुरा हाम्रै घर आसपासमा र हामी संगै भएपनि त्यस्ता बस्तुको प्रयोग गर्न नजान्दा त्यत्किै खेर गैरहेको कृषि विकास कार्यालयले जनाएको छ । हरिया सापात हरु रायो, पालुंगो, घुइयाको पात, तथा सिस्नु लगाएतका परिकारहरुका साथै अन्नहरु कोदो मकै, गहुँ, फापर लगाएतका रैथाने जातको बालीहरुको खेती गरेर खानुपर्ने कुरामा कार्यालयको जोड छ ।

तर यस्ता सागपात र वालीको फाईदाको बारेमा जानकारी पाउन नसक्दा कतिपयले बजारमा पाईने म्याद सकिएका अखाद्यय बस्तुको प्रयोग गरिरहेको वरिष्ट कृषि विकास अधिकृत घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस