ठूला दलको सिण्डिकेट विरुद्ध नयाँ शक्ति – रिजाल

तुलसीपुर,३० कार्तिक

नयाँ शक्ति पार्टीका क्षेत्र नं ३ प्रतिनिधिसभा उमेद्वार हरी रिजालले पालैपालो सरकार चलाउने प्रथाको अन्त्यका लागि आफनो पार्टीको जन्म भएको बताउनुभएको छ । रिपोटर्स क्लव दाङले तुलसीपुरमा गरेको साक्षातकार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ६/६ महिना पालैपालो गरेर सरकार चलाउने ठूला दलहरुको सिण्डिकेटका विरुद्ध नयाँ शक्ति अभियानका रुपमा अघि बढेको बताउदै उहाँले जनतलाई लोकतन्त्रको भोट बैंक बनाउनेहरुसंग सजग रहन आग्रह गरे ।सो अवसरमा क्षेत्र नं ३ (२) का प्रदेशसभा उम्मेदवार नारायण भट्टराईले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया