ऐलानी जग्गाको ब्यबस्थापन गर्छु : अपार

दिपक बोहरा,तुलसीपुर २८ कार्तिक ।

बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ को प्रदेश सभा ‘१’ का उम्मेदवार जग प्रशाद शर्मा ‘अपार’ले यहाँको ऐलानी जग्गाको ब्यबस्थापन गरिने बताएका छन् । मंगलबार तुलसीपुरमा भएका बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता समेत रहेका उनले ऐलानी जग्गाको एकिन गरी उचित ब्यबस्थापन गरिने बताएका छन् ।

उनले संयुक्त बामगठबन्धनको तुलसीपुर ८ मा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई पनि उचित ब्यबस्थापन गरिने बताएका छन् । उनले यहाँको गरिबी तथा भोकमरीको समस्या अन्त्य गर्न पहल थाल्ने समेत प्रतिबद्धता जनाए । फरक प्रशंगमा अपारले अहिले कम्युनिष्ट सत्ता स्थापन गर्ने बेला आएको बताएका छन् ।

कम्युनिष्टले ५ बर्ष सम्म सत्ता चलाउन पाएमा मुलुकलाई सम्बृद्ध र बिकसित गराउन सकिने बताए । साथै उनले अहिले सम्म बामपन्थी शक्तिहरुले जे भन्यो त्यो पुरा गर्दै आएको भन्दै आफुले प्रतिबद्धता गरे अनुसार काम पुरा गराएरै देखाउने बताए । संयुक्त बामगठबन्धनले क्षेत्र नं. ३ अन्तरगत मंगलबार आज तुलसीपुर उपमहानगरपालिका ७ को प्रसेनी, हात्तिखौवा, गणेशपुर, शिवमन्दिर, स्याउलीबजारलगायतका स्थानमा चुनाबी सभा गरेको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया