सल्यानका बालबालिकाहरुमा यस्तोे समस्या

मिना बुढाथोकी ,कात्तिक २१ सल्यान ।
जिल्लाको साविकका ५ वटा गाविसमा ७ सय ६४ बालबालिका मनको समस्या बाट गुज्री रहेको एक तथ्याकले देखाएको छ । मानसकि स्वास्थय संम्बन्धी काम गर्ने संस्था सिएमसिले दिएको जानकारी अनुसार जिल्लाका ६ वटा क्षेत्रमा ७ सय ६४ जना बालबालिकामा मनको समस्या देखिएको छ ।

जसमध्ये १४.७८ प्रतिशत बालबालिकामा मनको समस्या रहेको छ भने र ५.८ प्रतिशत बालबालिकामा डिप्रेशन भएको सिएमसिका जिल्ला सुपरभाईजर लोक बहादुर विकले जानकारी दिनु भयो ।

जिल्लाको थारमारे स्रोत केन्द्र,स्यानीखाल स्रोत केन्द्र,सीतलपाटी स्रोत केन्द्र,रामपुर स्रोत केन्द्र,र मुलखोला स्रोत केन्द्रले संकलन गरेको तथ्याकंमा प्राय मानसिक समस्या १३ देखी १५ वर्षका बालबालिका त्यसमा पनि बढी बालिकाहरु प्रभावित हुने गरेको देखिएको उहाले बताउनु भयो ।

सिएमसि नेपालले अहिले जिल्लाका ३७ वटा विद्यालयमा बालमानसिक स्वास्थ्य सम्बन्धी काम गरी रहेको छ भने े बाल कल्ब र महिला समुह गठन गरेर पनि जिल्लामा काम गरि रहेको छ । यस्तै सि एम सि नेपालले १ सय ७६ बालबालिका लाई काउन्सिलिग गरेको जनाएको छ ।

बालबालिकामा देखिने गरेको यस्तो समस्याको मुख्य कारण पारिवारि वातावरण,समाजिकर जैविक रहेकोले यस्को न्युनिकरणका लागी अभिभावकले बालबालिका कुरा सुनीदिने,बुझी दिने ,माया दिने र मनोपरामर्श दिनु जरुरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विमल श्रेष्ठले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७४ कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया