परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गर्नुपर्छ : पाण्डे

तुलसीपुर , कात्तिक १८ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले एक गाउँ एक उत्पादन मार्फत किसानहरुलाई व्यावसायिक वनाउने बाटोमा अगाडि वढाउनु पर्ने वताउनु भएको छ । कृषिको आधुनिकीकरणका लागि सहकारीको भुमिका महत्वपुर्ण हुने वताउँदै उहाँले किसानको जीवनस्तर वढाउनका लागि परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गर्नुपर्ने समेत वताउनु भयो ।

विजौरी साना किसान कृषि सहकारी संस्था लिमिटेड विजौरीको दोश्रो वार्षिकोत्सवको प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले साना किसानहरुलाई सामुहिक रुपमा सहयोग गर्नका लागि उपमहानगरपालिकाले कार्यक्रम समेत ल्याएको वताउनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का अध्यक्ष श्याम डाँगीले सहकारीले महिलाहरुलाई आर्थिक रुपमा मात्रै नभएर सामाजिक रुपमा समेत अगाडि वढाउदै लगेको वताउनु भएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्य, उरहरी साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवी केसी, प्रवन्धक भेषराज न्यौपाने, शारदा केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाकी अध्यक्ष चित्रा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ज्वाला पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक १८ गते शनिवार
प्रतिक्रिया