१७ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं, कात्तिक १६ – लमजुङ प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीबाट १७ किलो सुनसहित पासाङ लामालाई पक्राउ गरेको हो । लामा मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका बासिन्दा हुन् । पक्राउ परेका लामाले मनाङतर्फबाट सुन ल्याएर बेसीशहरतर्फ लैजाँदै थिए । विशेष सुराकीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बा ५८ प ४२९१ नम्बरको मोटरसाइलमा आएका लामाले कपडाले बेरेर छाती र पेटमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिनुभयो । घटनास्थल सदरमुकामदबाट तीन घण्टा टाढा पैदल दूरीमा पर्छ । लामालाई लिएर प्रहरी अहिले सुन चेक गर्न सदरमुकामतर्फ जाँदै छ ।

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया