सरसफाई अभियान ६३औ हप्तामा

कार्तिक १४, २०७४  |  ८५ पटक पढिएको

तुलसीपुर, कात्तिक १४ ।

घर अगाडी फोहोर गर्नेलाई कारवाही नगर्दा सम्म सरसफाई अभियान प्रभावकारी नहुने कुरा सरसफाईका अभियन्ताहरुले वताएका छन् ।तुलसीपुरलाई स्वच्छ र सुन्दर नगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालन भइरहेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको अभियानमा निरन्तर सक्रिय भइरहेकाहरुले यो कुरा वताएका हुन् । अभियानको ६३ औ हप्ताको कार्यक्रममा वोल्दै मेयर घनश्याम पाण्डेले अभियानले आम मानिसमा सरसफाई प्रति सचेतना वढाउदै लगेको वताउँदै अटेर गर्नेलाई उपमहानगरपालिकाले कारबाही गर्ने योजनामा रहेको पनि वताउनु भयो ।

कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले सरसफाई प्रति आम नागरिकलाई सचेत वनाउनुका साथै घर अगाडी फोहोर गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने वताएका थिए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, वरुवागाउँ टोल विकास संस्थाका अध्यक्ष देवराज धिताल, ज्ञानज्योति एजुकेशन फाउन्डेसका शैक्षिक संयोजक शरद गौतम, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने , अभियानका संस्थापक संयोजक विमल रिजाल लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।

तुलसीपुरको वरुवागाउँटोल बाट सुरु भएको सरसफाई अभियान ६ नम्वर वडाको वडा कार्यालयमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस