आफ्नै गाउँलेको हत्या गरि काठमान्डौमा लुकेर बसेका दाङका कालुराम पाँच बर्षपछि पक्राउ

कार्तिक ०९, २०७४  

तुलसीपुर, ९ कात्तिक

Advertisement

आफ्नै गाउँलेको हत्या गरीफरार भएका दाङको बेलगनारका कालुराम चौधरी काठमाडौंमा पक्राउ परेका छन् । दाङ देउखुरी जिल्ला अदालतको २०६९ जेठ १७ को फैसलाले कर्तब्य ज्यान मुद्दामा जन्म कैदको सजाय हुने ठहर भएपछि फरार रहेका चौधरीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।

साविक उरहरी गाबिस–८ बेलगनारका ४२ वर्षीय चौधरीलाई सोही ठाउँका रमेश हमालको हत्याको आरोप लागेको थियो । २०६५ भदौ ११ गते सोही ठाउँका युवाले गोली प्रहार गरी आफूमाथि आक्रमण गरेको रिस राखी कालुरामको निर्देशनमा सिताराम चौधरी समेतका करीव १८ जनाले २०६६ चैत २६ गते रमेश हमाललाई अपहरण पश्चात हत्या गरेका थिए । उनिहरुले हमालको हत्यागरी पातुखोलामा गाडेका थिए ।

प्रतिक्रिया दिनुहोस