वनमा फेला परेको महिलाको शवको सनाखत ,, हत्या भएको माइती पक्षको दाबी

तुलसीपुर, ९ कात्तिक
तुलसीपुर उप महानगरपालिका ८ मायालु सामुदायिक वनमा भेटिएको शवको सनाखत भएको छ । तुलसीपुर उप महानगरपालिका ६ गोलौरा निवासी खुमबहादुर विकले मृतक संगिता विक आफनो श्रीमती भएको बताए पछि शवको सनाखत भएको हो । तिहारको भाइटीको दिन देखि हराइरहेकी संगिताको शव बुधबार स्थानियले देखे पछिे प्रहरीलाई खबर गरेका थिए । शव नजिकै किटनासक औषधिको सीसी र सुसाइट नोट समेत फेला परेको थियो । सुसाइट नोटमा छोरीहरु तुलसा, तुला, तिला र श्रीमान खुमबहादुरको नाम लेखेर संसारबाट विदा भएर जानलागेको बताइएको छ ।

हत्या भएको माइतीको दाबी

माइती पक्षले बर्षौ देखि चरम मानिसक र शारिरीक याताना दिदै आएका श्रीमानले हत्या गरेको बताएका छन् । श्रीमति हराए पनि खोजतलास नगर्नुले त्यसको पुष्टि भएको भन्दै मृतक संगिताका दाइ कृष्णबहादुर विकले घटना खुमबहादुरले नै घटाएको दाबी गरे । गौलौरा र मायालु सामुदायिक वन नजिकै भए पनि हराएकी श्रीमती आफनो होकि भनेर खोज्न समेत नजानुले आम्तहत्या नभई हत्या भएको बताए । माइती पक्षले बिहीबार विहान इलाका प्रहरीमा गएर जानकारी लिएपछि स्वंम माइती पक्ष नै श्रीमानलाई बोलाउन गौलौरा घरमा पुगेका थिए । माइती घरमा जाँदा श्रीमान खुमबहादुर खाना खाएर आँछु भन्दै पन्छिएका थिए । यद्यपी केहि समय पछि उनी इलाका प्रहरी कार्यालयको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७४ कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया