तुलसीपुरको मुख्य वजार सरसफाई

तुलसीपुर कात्तिक ७ ।

तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई स्वच्छ र हराभरा नगरका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ६२औं श्रृखलाको सरसफाई अभियान सम्पन्न भएको छ । तुलसीपुरको विरेन्द्र चोकबाट आरम्भ भएको सरसफाई अभियानले तुलसीपुरको मुख्य वजार सरसफाई गरेको थियो । सरसफाई अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरको स्वच्छता हरेक नागरिकको दायित्व भएको वताउनु भएको वताउनु भएको थियो ।

अभियानले आम नागरिकलाई सरसफाई प्रति सचेत वनाउनका लागि पनि महत्वपुर्ण भुमिका खेलेको उहाँले वताउनु भएको थियो ।
नागरिक समाज दाङ्गका संयोजक टिकाराम रेग्मीले स्वच्छ नगरको पहिचान वनाउनका लागि तुलसीपुरबासीहरु सक्रिय हुनु आवश्यक रहेको वताउनु भएको छ ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो । जेसीज, रोटरी, रोट्रयाक, ओम शान्ती, सुरक्षाकर्मी आदिको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया